latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं, १३ मंसिर । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अ‌ंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंककाे भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड कम्पनीहरूमा वृद्धि भएको छ । अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय