latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

काठमाडौं, १३ मंसिर

जबर्जस्ती करणी र डाँका मुद्दामा फरार भएका धनपति ढुंगानालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार पक्राउ गरेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक सूचनाअनुसार उनी १५ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

७७ वर्षीय ढुंगाना झापा कन्काई नगरपालिका–४ का हुन् । जिल्ला अदालत झापाले १३ पुस २०६७ मा धनपतिलाई जबर्जस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसलगत्तै उनी फरार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय