latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्यूज कारखाना
काठमाडौं, १२ मंसिर ।

आमनिर्वाचन २०७९ मा बदर मतको संख्या उच्च देखिएको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभर लाखौंको संख्यामा मतपत्र बदर भएका हुन् । डोटी, मकवानपुर र नुवाकोटलगातका जिललाहरुमा ठूलो संख्यामा मतपत्र बदर भएको पाइएको हो ।

ठूलो मात्रामा मतपत्र बदर हुनुमा मतदाता शिक्षाको अभाव नै प्रमुख कारण देखिन्छ । देशका शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढीजसो मतपत्र बदर हुनुले पनि मतदाता शिक्षाको पहुँचमा समस्या देखिँदा यस्तो भएको आंकलन गर्न सकिन्छ ।

आमनिर्वाचनमा नुवाकोटमा झण्डै ७ प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा खसेको एक लाख ३० हजार १०१ मत खसेको थियो । उक्त मतगणनामा आठ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

देशभर यसरी मतपत्र बदर हुनुमा निर्वाचन आयोग र राजनीतिक दल तथा उम्मेदवारहरूले मतदाता शिक्षा प्रभावकारी बनाउन मेहनत नगरेको देखिन्छ । मतदान गर्ने सही तरिका सिकाउन नसक्दा र निर्वाचनमा खटिएका मतदान अधिकृतको लापरबाहीले बदर मत संख्या अपेक्षाभन्दा धेरै देखिएको छ ।

आमनिर्वाचन २०७९ मा मत बदर हुनुमा मतदाताले एकभन्दा बढी चुनाव चिह्नमा संकेत गरेको, स्वस्तिक छापको सट्टा ल्याप्चे लगाएको, मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको, मतदातालाई संघ र प्रदेशको एउटै मतपत्र एकभन्दा बढी पटक दिएको लगायतका कमजोरी देखिएका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय