latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना

महोत्तरी, १२ मंसिर

नेपाली साहित्यलाई फराकिलो बनाउने उद्देश्यले महोत्तरीमा विश्व नेपाली साहित्य महासंघ गठन भएको छ । साहित्यप्रेमी रचनाकारलाई समेटेर उद्धव अविचलनको नेतृत्वमा सात सदस्यीय महासंघ शाखा गठन भएको हो ।

बर्दिबासस्थित गौरीशंकर होटलमा सोमबार भएको एक कार्यक्रमका बीच अध्यक्ष अविचलनसहित उपाध्यक्षमा शान्ता काफ्ले, सचिवमा कमल साह, कोषाध्यक्षमा सत्रुधन महतो र सदस्यहरूमा दिपक साह, रविन यादव, सुमन सारंगी रहेकाे नयाँ कमिटी गठन गरिएकाे हाे ।

नवगठित समितिले नवसाहित्यकार र पुराना साहित्यकारहरूको खोजी गरी महोत्तरीलाई साहित्यिक जिल्लाको रूपमा पहिचान गराउने प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले विश्वास ब्यक्त गरे । नवगठित समितिका अध्यक्ष उद्धव अविचलनले महोत्तरीमा अनौपचारिक प्रष्फुटित रचनालाई पहिचान गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्व नेपाली साहित्य महासंघ मधेस प्रदेशका अध्यक्ष मणिराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपालका सल्लाहकार तथा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, मिथिला साहित्य समाजका प्रमुख राकेशकुमार झा, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय परिषद् सदस्य प्रेम घिमिरे, निवर्तमान उपाध्यक्ष जमुना पोख्रेल, सर्लाही साहित्य समाजका आजीवन सदस्य कुमार दाहाललगायतको बाक्लै उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय