latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

हेमन्त केसी
सुर्खेत, १३ मंसिर । कर्णाली प्रदेशमा प्रत्यक्ष मा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा ( माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार९९३ ,नेकपा माले ३ हजार ९९ भोट , नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट , राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट , हाम्रो नेपाली पार्टी १ हजार ६६२, जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३ भाेट रहेकाे छ ।

नेश्‍नलिष्ट पिपल्स पार्टी ४११ , नागरिक उन्मुक्ति पार्टी ३८६ , नेपालका लागि नेपाली पार्टी ३६०, एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी ,नेपाल नौलो जनवादी पार्टी ,सचेत नेपाली पार्टी,नेपाल सुशासन पार्टी ) ३२६ , एकल चिह्न गितार (सामाजिक एकता पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)रनेपाल दलित पार्टी ३२० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२ ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४ , राष्ट्रिय जनमुक्ति पार्टी २०४ , नेपाल लोकतान्त्रिक पार्टी १४६ , बहुजन शक्ति पार्टी ६३ र नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय