latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना

काठमाडौं, १२ मंसिर

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् ।

यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय