latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना

बागलुङ, १२ मंसिर

जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।

परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा बहादुर थापाले बताए ।

परियारको साथबाट निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रसहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतकार रबर छाप बरामद गरिएको डीएसपी थापाले जानकारी दिए।

प्रहरीले परियारलाई पक्राउ गरेको होटलको कोठामा खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरू विभिन्न कार्यालयका छापहरु (स्ट्याम्प), ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँ फेला पारेको डीएसपी थापाले बताए ।

प्रहरीले सोमबार परियारलाई जिल्ला अदालत बागलुङमा उपस्थित गराएर अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय