latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना

खोटाङ, १२ मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२ उम्मेदवारको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो ।

प्रतिनिधिसभातर्फका आठ उम्मेदवारमध्ये राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई, स्वतन्त्रका जयन्द्रकुमार राई, जनता समाजवादी पार्टीका कृष्णकुमार राई र मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरको जमानत जफल भएको हो । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा मनोनयन दर्ताका क्रममा धरौटी वापत राखेको १० हजार रकम जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

प्रतिनिधिसभातर्फ कुल ६४ हजार ४२२ सदर मत खसेको थियो । जमानत जोगाउनका लागि उनीहरुले कम्तीमा छ हजार ४४३ मत ल्याउनुपथ्र्यो । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (विजयी) र एमालेका बिशाल भट्टराई (निकटतम प्रतिद्धन्द्धी)को मात्र जमानत जोगिएको छ ।

यस्तै, आठ उम्मेदवार रहेको प्रदेशसभा (क)मा नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का पदमप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका केशव राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्रका कुमारप्रसाद भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल र मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईको जमानत जफत भएको हो । ३२ हजार ३९० सदर मत खसेको प्रदेशसभा (क)मा उनीहरुले कम्तीमा तीन हजार २३९ मत प्राप्त गरेको भए जमानत जफत हुनबाट जोगिन्थ्यो । प्रदेश (क)मा एमालेका पाँचकर्ण राई (विजयी) र नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राई (निकटतम प्रतिद्धन्द्धी)को मात्र जमानत जोगिएको छ ।

छ जना उम्मेदवार रहेको प्रदेशसभा (ख)मा नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, जनता समाजवादीका प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र मंगोल नेशनल अर्गनाइजेसनका विमला राईको जमानत जफत भएको छ । प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई (विजयी) र एमालेका रामप्रसाद दंगाल (निकटतम प्रतिद्धन्द्धी)को मात्र जमानत जोगिएको छ । कुल ३५ हजार ३८१ सदर मत खसेको प्रदेश (ख)मा जमानत जोगाउन कम्तीमा तीन हजार ५३९ मत आवश्यक थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय