
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भाइबरमा जोडिएका छन् ।
आफूले गरेका सम्पूर्ण कामको जानकारी भाइबरमार्फत नै दिने उद्देश्यसहित उनको भाइबर कम्युनिटी बनाइएको हो ।
पछिल्लो समय भाइबर कम्युनिटीमा जोडिने क्रम बढेकाे छ । विभिन्न संघ संस्था तथा व्यक्तिहरूले भाइबरमार्फत नै आफ्ना जानकारी प्रदान गरिरहेका छन् ।
भाइबरमार्फत सिधै प्रयोगकर्तालाई जानकारी दिन सकिने हुँदा यसको प्रभावकारी पनि बढेकाे छ ।
यसैक्रममा प्रधानमन्त्री देउवाका गतिविधि भाइबरबाट अपडेट गराउन थालिएकाे छ ।
भाइबरमा ‘Sher Bahadur Deuba’ सर्च गरी सोझै याे कम्युनिटीमा जोडिन सकिने छ ।भेरिफाइड अकाउण्ट यकिन गरेर मात्र याे भाइबर कम्युनिटीमा जाेडिनसमेत आग्रह गरिएको छ ।