latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बेइजिङ, १२ मंसिर

चीनमा सरकारको कठोर कोभिड नीतिलाई लिएर चर्को आक्रोश बढेको छ । कतिपय प्रदर्शनकारीले सार्वजनिक रुपमा नै कम्युनिष्ट पार्टीका नेताहरूको राजीनामा माग गरेका छन् । सांघाइमा हजारौँ प्रदर्शनकारी भेला भएर सरकारको नीतिको विरोध गरे । विद्यार्थीहरूले बेइजिङ र नानजिङका विश्वविद्यालयहरुमा प्रदर्शन गरेका छन् । उरुम्चीमा एउटा अर्पाटमेन्टमा आगलागीका कारण १० जनाको मृत्युपछि सरकारको कोभिड नीतिविरुद्ध आक्रोश फैलिएको छ । लकडाउनका कारण आगलागीको समयमा समेत आफूहरू बाहिर निस्कन नपाएको पीडितका आफन्तले गुनासो गरेका छन् ।

चिनियाँ अधिकारीहरूले कोभिड प्रतिबन्धले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरे पनि उरुम्चीका अधिकारीहरूले सूचना जारी गर्दै सर्वसाधारणसँग क्षमा मागेका छन् । प्रतिबन्ध हटाएर शान्ति व्यवस्था कायम गर्ने उनीहरूले बाचा गरेका छन् ।

सी जीनपिङको राजीनामा माग
चीनको सबैभन्दा ठूलो सहर तथा वित्तीय हव सांघाइको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरेका थिए । केहीले खाली सेतो व्यानर बोकेका थिए भने कोहीले मैनवत्ति बालेर उरुम्चीका पीडितलाई पुष्पगुच्छा अपर्ण गरेका थिए । त्यस्तै, कोभिड उत्पत्ति भएको वुहानमा पनि हजारौँ मासिहरु सडक प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय