latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १२ मंसिर

लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । उनीहरूलाई वाणिज्य बैंकसरह आधार दरअनुसार ब्याजदर निर्धारण गराउन खोजिएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार प्रकाशित मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उनीहरूलाई माघदेखि आधार दर सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागू गरेको छ । माघदेखि लघुवित्तहरूले आधार दर सार्वजनिक गर्न सकेमा अर्धवार्षिक समीक्षामार्फत बैंकहरूसरह कर्जा निर्धारण गर्न दिने श्रेष्ठले बताए । उनले भने, ‘लघुवित्तहरूलाई अहिले आधार दर सार्वजनिक गर्न भनेका छौं । उनीहरूले यो निकाल्न सके भने अर्धवार्षिक समीक्षामार्फत उनीहरूलाई आधार दर अनुसार कर्जा निर्धारण गर्न दिनेछौं ।’

अहिले राष्ट्र बैंकले लघुवित्तहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सीमा लगाएको छ । वाणिज्य बैंकहरूले पछिल्लो समय धमाधम कर्जाको ब्याजदर बढाउन थालेपछि लघुवित्त बैंकरहरूले आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय