latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १२ मंसिर

नेकपा माओवादी केन्द्र ललितपुर संयोजक संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

‘ललितपुर जिल्लामा पार्टीको उपमहासचिव र पोलिटब्युरो सदस्य प्रदेशमा उठनु भएको थियो । तर, काठमाडौं उपत्यकाभित्र माओवादीको पनि राम्रै प्रभाव भएको पनि जिताउन सकिएन,’ कट्टेलले न्युज कारखानासँग भने, ‘गठबन्धनवाट पनि राम्रो मत नआएपछि नैतिकताको आधारमा राजिनामा दिएका हौं, ।’ उनका अनुसार प्रदेश संयोजक सरल सहयात्रीलाई राजीनामा बुझाएर पार्टी पुनर्गठनका लागि नयाँ ढंगले जानका लागि आफूहरुले भूमिका खेलिनेछ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट भुसाल पराजित भएकी थिइन् । सोही क्षेत्रको प्रदेशसभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन र ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका हरि दाहाल पराजित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय