latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना

काठमाडौं, १२ मंसिर

संयुक्त राष्ट्र संघको डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सोमबार यो मिसनका लागि काठमाडौंबाट २०३ जना सैनिकहरू प्रस्थान गरेका छन् । उनीहरू राष्ट्र ध्वजाबाहक नेपाल वायुसेवा निगमको एयर बस ए-३३० बाट प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा र लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नको लागि फोर्स हेडक्वार्टर. सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) छैठौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) सातौं डफ्फा र श्री लेवल १ (+) अस्पताल (शान्ति सेना) चौथो डफ्फाको अन्तिम टोलीका २०३ जना नेपाली शान्ति सैनिकहरू सेनानी किशोर खड्काको नेतृत्वमा प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत मिसनहरूमा खट्टिइँदै आइरहेका छन् । मिशनमा तैनाथ फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा, लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) दोश्रो डफ्फाको अन्तिम टोलीका २१६ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी देवेन्द्र खड्काको नेतृत्वमा आजै स्वदेश आगमन हुने कार्यक्रम रहेको समेत जानकारी गराईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय