latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
किभ, ११ मंसिर

रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरे । दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेका किभ र मस्कोका अधिकारीहरूले जानकारी दिए । रुसी रक्षा मन्त्रालयले युक्रेनले पक्राउ परेका ५० रुसी सैनिकलाई रिहा गरेको जनाएको छ ।

त्यस्तै, युक्रेनी राष्ट्रपति प्रशासनका प्रमुख एन्ड्री येर्माकले युक्रेनले ४८ सैनिक र दुई अफिसरहरू प्राप्त गरेको छ जसमा समुद्री, पैदल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका सदस्यहरू छन् ।

‘हामीले मारिओपोलका १९ रक्षकहरू, चोर्नोबिल आणविक उर्जा केन्द्रका १५ जना र ज्यामिनी टापुबाट सात जना युद्धबन्दीलाई फिर्ता गर्न सफल भएका छौं’, येर्माकले भने ।

रुसी नियन्त्रणमा रहेको युक्रेनको दोनेत्स्क क्षेत्रको मस्को समर्थित प्रमुख डेनिस पुसिलिनले यसअघि किभसँग कैदी आदानप्रदान भइरहेको बताएका थिए ।

फेब्रुवरीमा युक्रेनमा द्वन्द्व सुरु भएदेखि किभ र मस्कोले हालसम्म १ हजारभन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय