latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सुदूरपश्चिम प्रदेशमा साउन १३ गते अर्थात आज देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। प्रदेशका ३ लाख ३५ हजार २ सय नागरिकलाई खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो। भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाने छ।
यस्तै जोनोसेन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले सबै जिल्लामा खोप वितरणको काम सकिएको बताए।स्वास्थ्य सेवा विभागले प्रदेशका लागि १ लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय