
सुदूरपश्चिम प्रदेशमा साउन १३ गते अर्थात आज देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। प्रदेशका ३ लाख ३५ हजार २ सय नागरिकलाई खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो। भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाने छ।
यस्तै जोनोसेन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले सबै जिल्लामा खोप वितरणको काम सकिएको बताए।स्वास्थ्य सेवा विभागले प्रदेशका लागि १ लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल पठाएको छ।