न्युज कारखाना

दाङ, १० मंसिर

दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनलाई शनिबार दिउँसो सवा ३ बजेको समयमा मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय