न्युज कारखाना
उदयपुर, १० मंसिर

करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सेवा कार्यालयले ११ औं राष्ट्रिय कर दिवसको अवसरमा

सिद्धिचरण मल्टीपर्पोज प्रालि र एसके ट्रेडर्सलाई सम्मान गरेको हो ।

 

सेवा कार्यालयका अनुसार सिद्धिचरण मल्टीपर्पोजले एक वर्षमा ४५ करोड ४१ लाख कारोबार गरेर ६४ लाख ३२ हजार कर दाखिला गरेको छ ।

एसके ट्रेडर्सले ३४ करोड ९३ लाख कारोबार गरेर ३७ लाख ३० हजार कर तिरेको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । बढी कर तिर्ने सिद्धचरण मल्टीपर्पोजका संचालक घिरज खड्का र एसके ट्रेडर्सका संचालक सुरेन्द्र गुप्तालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय