latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना
काठमाडौं, १० मंसिर

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ का हिमाली भूभागका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ ।

आइतबार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ । चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय