latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्यूज कारखाना
काठमाडौं, ९ मंसिर

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो ताजा मतपरिणामअनुसार माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा जित निकालेको छ ।

निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन बनाएर गए पनि माओवादी केन्द्रले अपेक्षाकृत परिणाम भने हात पार्न सकेको छैन ।

हालसम्मको मत परिणाम हेर्दा माओवादी तेस्रो दलको हैसियतमा देखिन्छ । देशभर ४० भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रले कतिपय स्थानमा हार व्यहोरेको छ भने झण्डै आधा दर्जन निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।

हालसम्म १२ जना उम्मेदवारले भने विजय प्राप्त गरिसकेका छन् । जित निकाल्नेमा अध्यक्ष प्रचण्डलगायत छन् । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित भएका छन् ।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट जित हासिल गरेका छन् । जाजरकोटबाट शक्ति बस्नेत निर्वाचित भएका छन् । रामकुमार राईले खोटाङबाट विजय हासिल गरेका छन् ।

अमनलाल मोदी मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सिन्धुपाल्चोक १ बाट माधव सापकोटा, भोजपुरबाट सुदन किराती, सिन्धुली २ बाट लेखनाथ दाहालले जित हात पारेका छन् । यस्तै एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ २ बाट रेखा शर्मा विजयी भएकी छन् ।

शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेलले बाग्लुङ २ बाट जित निकालेका छन् । पूर्णबहादुर घर्ती मगर रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।[][]

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय