latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मंसिर ९, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो ।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेशसभामा एमालेकै चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठूलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ ।

त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठूलो दल भएको छ ।

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भने लज्जाजनक मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गर्दा राष्टिय प्रजातन्त्र पार्टीले ९ सय १२ मत प्राप्त गरेको छ ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय