latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना

काठमाडौं, ९ मंसिर

नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो ।

ती कम्पनीहरूले ३ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता सेयर निष्काशन गर्न पाउने छन् ।

बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।

यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय