latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

इन्दिप कोइराला

बारा, ९ मंसिर

बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका ज्वालाकुमार साह निर्वाचित भएकी छिन् । एमाले पोलिटव्युरो सदस्य्समेत रहेकी साह २ हजार ९८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय