latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सम्झना कार्की
सिन्धुपाल्चोक, ९ मंसिर

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले जित हासिल गरेको छ ।

क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (कांग्रेसका) मोहनबहादुर बस्नेत विजयी भएका छन् । ११ हजार ८ सय ७४ भारी मतान्तरमा शेरबहादुर तामाङलाई हराउदै बस्नेतले जित निकालेका हुन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागि यो पहिलो जित समेत हो ।

बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउदा तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेलाई हराउदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार (माओवादी केन्द्र) का माधब सापकोटा विजयी भए ।

यसैगरी, क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र ख मा कृष्णकुमार तामाङ विजय भएका छन् ।

१ क मा कांग्रैसका मसिना खड्का भण्डारी र ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भए ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय