latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् ।

कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पायो । प्रदेश सभा (ख) मा पनि कांग्रेसकै उम्मेदवार थिए ।

जिल्लाका समग्र क्षेत्रमध्ये बलियो मानिएको कास्की १ र प्रदेश सभा (ख) कांग्रेस नै कमजोर सावित भयो । प्रदेश सभाका उम्मेदवार दिपक गुरुङ पराजीत भैसकेका छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा जिल्ला सभापति किशोरदत्त बराल पनि पराजयको नजिक छन् । उनी एमालेका उम्मेदवार मनबहादुर गुरुङ भन्दा धेरै पछि परेका छन् ।

चुनाव हार्ने निश्चित भएपछि कांग्रेस कास्कीमा अन्तर्घातको गाईंगुईं सुरु भएको छ । केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै दीपक गुरुङ निकट समूहले बाझा पाटनमा प्रदर्शन गरेको हो ।

कास्की मादी गाउँपालिकाका सभापति याम गुरुङले फेसबुकमा स्टाटस लेख्दै कृष्ण केसीले कांग्रेस उम्मेदवार हराउन आफूलाई समेत उकासेको आरोप लगाएका छन् ।

फेसबुकका च्याटहरुमा समेत केसी कांग्रेसका उम्मेदवारविरुद्ध लागेको टिका टिप्पणी भैरहेको छ ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय