latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु, पीडित परिवारले पाए साढे ११ करोड क्षतिपूर्ति
न्युज कारखाना
काठमाडौं, १७ भदौ

वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।

युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।

सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ ।

युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय