बिहिबार , जेठ २१, २०८३

झापामा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्‍यु
न्युज कारखाना

झापा, १७ भदौ

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर