latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

म्याङलुङ जिरी सडक खण्डमा निर्माण कार्य सुस्त
प्रकाश पाक्साँवा/न्युज कारखाना

तेह्रथुम, १० भदौ

जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो ।

पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न भइसक्दा पनि अमर मा जानकी जेबीले पाएको तेस्रो खण्डमा कालोपत्रेको काम ढिलाइ गरेपछि समितिले अनुगमन गरेको जनाएको छ । निर्माण व्यवसायीले सडक निर्माणमा भइरहेको ढिलाइ तथा निर्माण कार्यमा भएको गुणस्तरमा अनुगमनलाई ध्यान दिएको समितिका उपप्रमुख कार्कीले बताए ।

जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने एक मात्र सडकमा निर्माण भइरहेको सडकमा कामको ढिलाइ हुँदा यहाँका स्थानीयलाई यात्रा गर्न समस्या भोग्दै आएका छन् । २०७८ साल जेठ सम्ममा कालोपत्रे गरी सक्ने सम्झौता गरेको निर्माण व्यवसायीले १४ महिना बितिसक्दा पनि सम्पन्न गर्न सकेको छैन ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएसँगै दुई लेनको सडक निर्माण कार्य भई रहेको छ । निर्माण व्यवसायीले कोरोना तथा कामदार अभावका कारण समय मै काम सम्पन्न गर्न नसकेको जनाएको छ । यो सडक खण्डमा निर्माण कार्यले गति लिन नसक्दा वर्षादसँगै कष्टकर यात्रा गर्न बाध्य बन्दै आएका छन् ।

जिल्ला समन्वय समिति तेह्रथुमले जिल्लाको मुख्य आयोजनाहरूका साथै स्थानीय प्रदेश र संघबाट सञ्चालन भएका योजनाहरूको अनुगमन सुरु गरेको छ । म्याङलुङ नगरपालिका,लालीगुराँस नगरपालिका, छथर गाउँपालिकामा सञ्चालन भएका योजनाहरू अनुगमन सुरु गरेको समितिले मेन्छ्यायेम र आठराई,फेदाप गाउँपालिकामा अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय