latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
न्युज कारखाना
काठमाडौं, ९ भदौ

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ म्म तलब हुनेगरी काम लगाईदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय