latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

चिसोले कुर्कुचा फुटेको छ ? यसरी प्रयोग गर्नुहोस् केराको बोक्रा

चिसोले कुर्कुचा फुटेको छ ? यसरी प्रयोग गर्नुहोस् केराको बोक्रा

काठमाडौँ । के तपाईलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ।

केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईका लागि प्रयोग गर्न सकिन्छ। जान्नुहोस्, केराको बोक्राको फरक प्रयोग बारेः

१) डार्क सर्कल हटाउनः आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ।

२) पहेलोपन हटाउनः केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ।

३) जुत्ता चम्काउँनः केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ।

४) डन्डिफोर हटाउनः केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ।

५) विरुवा बढ्छः केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ।

६) स्क्र्याच हट्छः सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस्।

७) सजिलै सफा गर्नः चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ।

८) छिटो पाक्छ मासुः मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस्। मासुलाई चाँडै पकाउँन मद्दत गर्छ।

९) कुर्कुचा फुटेकोः केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय