latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बालकोट पुगिन् ओलीकी छोरी!
खड्क सुनार,
मुगु, ७ भदौ

मुगु जिल्लामा प्रधानमन्त्रीकि छोरी भनेर चिनिने एक बालिका काठमाडौंस्थित बालकोट पुगेकी छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं ८ माग्रींमा बस्दै आएकी उनलाई पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व ग्रहण गरेका थिए । उनै ठिल्ले साङमु लामा गत बुधबार बालकोट पुगेकि हुन् ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन पुगेका तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले लामाको अभिभावकत्व ग्रहण गरेका थिए ।

उनकी धर्मपत्नी राधिका शाक्यले अर्की छोरी छिरिङ छेन्जोङ लामाको पनि अभिभावकत्व ग्रहण गरेकी थिइन् । उनीहरु दुबै बुधबार ओली निवास बालकट पुगेका हुन् । अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले प्रधानमन्त्रीकि छोरीको सम्बोधन गर्ने गरेका थिए ।

दुवै जनाको पालन पोषण र पढाइ सबैको जिम्मा लिने प्रतिवद्धता ओलीले गरेकाले छोरीलाई लिएर बालकोट पुगेको आमा छिजु लामाले बताइन् ।

ओलीले अभिभावकत्व ग्रहरण गरे पनि हालसम्म २ पटक मात्र १०/१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए । श्रीमानको मृत्यु भएको केही वर्ष भएको र पालन पोषणमा आफूलाई समस्या भएको उनले बताइन् ।
ओलीले बोलाएपछि उनीहरु काठमाडौं आएका थिए ।

‘निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा खुसी लागेको छ । प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोरीलाई छोड्न पाउँदा खुसी लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय