latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर
सुधा देव/
सप्तरी ७ भदौ

सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ।

तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हाे ।

घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियोे ।

झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय