latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

२ वर्षपछि खुले फिलिपिन्सका विद्यालय
एजेन्सी
मनिला, ७ भदौ

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन् । अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन् । उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् । विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए ।

तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन भएका छन् । कोभिडका कारण सन् २०२० को मार्चदेखि देशका अधिकांश विद्यालय बन्द रहेका थिए ।

लामो समय विद्यालय सञ्चालन नहुँदा विज्ञहरुले देशमा शैक्षिक क्षेत्रमा संकट निम्त्एिको भन्दै सरकारलाई विद्यालय सञ्चालन गर्न सुझा दिँदै आएका थिए ।
फिलिपिन्स दक्षिणपूर्व एसियामा महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक थियो । तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो कोरोनाभाइरस तालाबन्दी घोषणा गरेका थिए, जसका कारण विद्यालय प्रभावित भएका थिए ।

लामो समयसम्म विद्यालय बन्द हुँदा फिलिपिन्सका बालबालिकाहरूमा साक्षरता दर घट्न सक्ने डर पैदा भएको थियो । विद्यालय बन्द हुँदा े धेरै विद्यार्थीहरूले सीप गुमाएको फिलिपिन्समा सरोकारवाला शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय