latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

कठै १४ बर्षदेखि छोरा आउने बाटो हेर्दै बुबाआमा हेर्नुहोस् भिडियो

थप समाचार

लमजुङमा ठुलो परिणामसहित लागुऔषध कारोबारी पक्राउ

लमजुङ, ६ भदौ

जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो परिणाममा लागूऔषधसहित बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट दुई जनाको साथबाट ३ सय ११ थान लागूऔषधसहित पक्राउ गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका ३ बस्ने २९ वर्षको दोर्जे भनी चिनिने भीम बहादुर तामाङ र बेसिशहर नगरपालिका ८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको साथबाट २ एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९ थान, नुफिन एम्पुल ८७ थान , दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । यस्तै अर्का लागूऔसध कारोबारी कवाडी बमे भनी चिनिने बस्नेतको साथबाट २ एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागूऔषधहित पक्राउ गरिएको बताए । पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय