भालुको आक्रमणबाट सोलुमा एक जना घाइते

काठमाडौं, ५ भदौ

भालुको आक्रमणबाट आइतबार दिउँसो सोलुमा एक जना घाइते भएका छन् । बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन् ।

मुजेलको अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय