latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
काठमाडौं, ५ भदौ

दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाईको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको धार्चे गाउँपालिका–४ खोर्ला घर भई आरूघाट गाउँपालिका–९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

बागलुङको बागलुङ जैमिनी नगरपालिका–१ कोप्चेस्थित सडकको नालीमा हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपा तथा राजविराज नगरपालिका–१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको लेकबेशी नगरपालिका–४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय