latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कपाल नुहाउने बित्तिकै यी गल्ती त गरिरहनु भएको छैन ? सावधान !
कपाल नुहाउने बित्तिकै यी गल्ती त गरिरहनु भएको छैन ? सावधान !

दिनभर आफुले गर्ने कामहरुको बारेमा ध्यान नदिँदा नै कपाल झर्ने र टुक्रिने समस्या हुने गर्छ। त्यति मात्र हैन् कपालको स्यहार गर्ने क्रममा थोरै गल्ती गर्दा पनि कतिपय केटा मानिसहरुको त तालो नै खुइलिन्छ। हेयर एन्ड ब्यूटि एक्सपर्टका अनुसार नुहायो भने कपालको जरा कमजोर भएर झर्ने गर्छ। यस्तो बेला गरेको थोरै गल्तीले पनि कपाल झर्ने र टुक्रिने समस्या बढ्दै जान्छ। आज हामी तपाईलाई थाहा नभएका नुहाउँदा हुने गल्तीका बारेमा जानकारी दिन गइरहेका छौँ।

१.मालिस गर्नु : नुहाउने बित्तिकै चिसो कपाल कहिल्यै पनि मालिस गर्नु हुँदैन्। यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ। त्यसैले गर्दा नुहाउने बित्तिकै कपाल मालिस भुलेर पनि नगर्नुहोला।

२.कपाल कोर्नु : नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन् । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ।

३.हेयर स्टाइलिङ् मेसिनको प्रयोग : कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन् । जसको प्रयोगले कपालको जरा कमजोर भइ झर्ने र हाँगा आउने समस्याहरु बढेर जान्छ।

४.कपाल बाँध्नु : नुहाउँने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन् । जसको कारण कपालमा इन्फिेकसन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरु बढी हुन्छ।

५.तुरुन्त बाहिर निस्कनु : चिसो कपाल लिएर बाहिर निस्कनु हुँदैन् जसले गर्दा कपालमा इन्फेकसन हुनुको साथै धुलोहरुको कारण चाँया बढ्छ र कपाल झर्ने समस्या बढ्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय