latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , भाद्र २६, २०८३

मोडेल पिन्सा राईः जब बच्चा बोकेर काठमाडौका रोडमा भिख माग्दै गरेको देखियो (भिडियो)

मोडेल पिन्सा राईः जब बच्चा बोकेर काठमाडौका रोडमा भिख माग्दै गरेको देखियो (भिडियो)

मोडेल पिन्सा राईः जब बच्चा बोकेर काठमाडौका रोडमा भिख माग्दै गरेको देखियो (भिडियो)
पिन्सा राइ नेपालकी चर्चित मोडल हुन् ।

उनले २०७१ साल देखि व्यवसाय गर्न थालेकी हुन् । व्यवसाय बढाउदै २०७२ साल देखि व्यवसायसँगै मोडलिङ क्षेत्रमापनि सक्रिय बनिन् । उनी २०७३ सालकी मिस मेकअप हुन् ।

विभिन्न प्रतिस्पर्धामा भाग लिँदै मोडलिङ क्षेत्रमा अब्बल बनिरहेकी पिन्साले एक टीम बनाएर विभिन्न इभेन्टहरु समेत आयोजना गर्दै आएकी छिन् । २०७५ सालमा उनी सहितको टीमले मिष्टर एण्ड मिस पूर्वको प्रतियोगिता आयोजना गरेको थियो ।

पिन्सा व्यवसायसँगै, मोटिभेशन, अभिनय, व्यूटी पार्लर जस्ता अनेकौ तालिमहरु दिँदै आएकी छिन् । उनी राम्रो ट्रेनरको रुपमा स्थापित हुँदै आएकी छिन् । उनले म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् ।

उनले छोटा तथा लामा चलचित्रहरुको लेखन समेत गर्छिन् । चलचित्रको कथा लेख्नुका साथै निर्देशनमा समेत आफूलाई अब्बल रुपमा उभ्याउने उनको प्रयास छ ।

उनले एउटा (काया) शीर्षक को सिरियलको कथावस्तु आफैले लेखेकी छिन् । निक्कै मेहेनतका साथ आफै कथा लेखेर आफै निर्देशन तथा अभिनय गरेर उनले कलाकारिता क्षेत्रमा आफूलाई योग्य रहेको सावित गरिसकेकी छिन् ।

यही सिरियलको कथावस्तुमा उनी भिखारीको रुपमा प्रस्तुत भएकी छिन् । यहाँ प्रस्तुत गरिएको तस्विर काया सिरियल को हो । यो सिरियलमा मुख्य भुमिका नै पिन्साको छ ।

यो सिरियलको भिडियोहरु pinsa Rai youtube channel मा गएर हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय