latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

२१ सय थान लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

बारा, ४ भदाै

बाराको कलैया उपमहानगरपालिका-२० बाट दुई जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।

भरतको बिहारबाट नेपाल आएको बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया-१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको पिठ्युमा बोक्ने झोलाभित्र लुकाईछिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६ -६ सय थान र नाइट्राभेट-१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लागुऔषध फेला परेपश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ । खुल्ला सीमाका कारण बारा लागुऔषध कारोबारीहरूका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय