latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

हिजाे खाते भनेर अप’मान गर्ने-हरू आज स्याबास भन्दै धाप मार्छन….

“हेपिएको मानव हुँ खाते मेरो नाम छ, फालि:एको फोहोर हुँ सहर हिँड्ने काम छ, पेट पाल्छु जुठोले फोहोर भित्र खोजेर, कर्म मेरो खोटो छ, कहाँ पाउँछु रोजेर, कर्म मेरो अभागी लक्ष्य मेरो हरायो, कसैको आस गर्दै थिएँ । खाते भनी करायो ।”

चर्चित र्‍यापर स्वर्गीय यम बुद्ध’काे एउटा र्‍यापमा समा-वेश यी शब्दले राजु अधिकारीको मन लाई छुन्छ । आमाबुवाकाे काखमा छुन मुनाउने, विद्यालयमा कखरा सिक्ने उमेर उनले सड’कमै बिताए । एक दशककाे सडक’बासका क्रममा उनले थुप्रै दुःख झेले, अप’मान सहे ।

त्यसैले यम बुद्धकाे र्‍यापमा प्रयाेग भएका माथि उल्लि:खित शब्दले उनलाई तान्छ । र, दाेहाेर्‍’याएर सुन्छन्, अनि पुराना दिन सम्झेर भा’वुक हुन्छन् । ‘मैले जस्ताे दुःख नभाेग्ने-हरूलाई यी शब्दले कुनै भाव दिन नसक्लान् तर मेरा लागि यी शब्द-भित्र त्याे सिंगाे १० वर्षे जीवन छ।

मैले भाेगेका अथक दुःखका फेहरिस्त छ,’ राजु गम्भीर मुद्रामा देखिन्छन्, ‘धेरै पछि एक-छाक मीठाे खान पाउँदा’काे खुसी छ, कुनै गल्ती नगर्दा पनि खानु-परेकाे गाली छ, भाेक, ब्यथा, राेदन सबथाेक छ ।’

१० वर्षसम्म सडकमा प्लास्टिक टिपेर जीवन गुजार्ने क्रममा कतिले लात हाने हाेलान्, कतिले अ’श्लील शब्दले गा’ली गरे हाेलान्, कतिले दया पनि देखाए हाेलान! एक-दुई जनासँग मात्र ठाे’क्किएकाे भए पाे उन’लाई कुनै विशेष अप’मानकाे क्षण थाहा हुन्थ्याे।

‘धेरै छ, भनेर सकिँदैन,’ राजु यत्तिकैमा रोकिए । समय-क्रमसँगै अहिले उनकाे अवस्था बदलिएकाे छ । सडककाे कहाली-लाग्दाे जीवनबाट निस्केर उनी अहिले विश्व समुदायमा नेपालकाे नाम चिनाउन लागेका छन् । हाे, राजु आज हकी खेलका राष्ट्रिय खेलाडी हुन् ।

नेपालका जाने-मानेका खेलाडीलाई हकीमा हराएका उनले नेपालको नेतृत्व गर्दै चार वटा देश वि’रुद्ध खेलिसकेका छन् । यति मात्र हाेइन, कुनै बेलाका सडक बालक राजु आज स्वयं सडक बाल-बालिकाका ‘उद्धारक’ पनि बनेका छन् ।

हेटाैंडाका २० वर्षीय उनले ५० जना-भन्दा बढी सडक बाल-बालिकालाई आश्रयस्थलमा ल्याएका छन्, लेख्ने, पढ्ने अवसर जुराइ-दिएका छन् । अहिले धेरैले राजुलाई ‘देशको नाम राख्ने राष्ट्रको छोरा’ भन्छन् ।

उनी सामाजिक-सञ्जालमा पनि चर्चित छन्- कारण, उन काे विगत र सबैलाई लठ्ठ पार्ने उनको भावुक अभि:व्यक्ति । विस्तृतमा यो खबर शिलापत्रमा सम्झना घिमिरेले लेख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय