latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जसपा खोटाङ अध्यक्षसहित १३ जना माओवादी केन्द्र प्रवेश
खोटाङ, १ भदौ

जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई, जुलन राईलगायत माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गर्नेमा सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन् । थापा लगायतका नेताको जिम्मेवारीका विषयमा भने छलफल भइरहेको छ ।

सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान राजनीतिक उपलव्धि, समानुपातिक समावेसी राज्यको नीति स्थापना गर्ने बैचारिक तथा सैद्धान्तिक हिसावले माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञाप्तिमा उल्लेख छ । समृद्ध समाज निर्माण गर्दै आमुल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समाहित भएको थापाले प्रतिक्रीया दिएका छन् ।

केन्द्रमा उपेन्द्र यादव र बाबुराम भट्टराई अलग भएपछि थापासहित ३९ जनाले जसपाबाट अलग भएको घोषणा गरेका थिए । यद्यपी, जसपाले सबै ३९ जनाले पार्टी नछाडेको दाबी गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय