latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजवाट
काठमाडौं, ३१ साउन

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजवाट सुरु हुने भएको छ ।

‘एक्स व्यालेन्स नेल २२-५५३०’ नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स व्यालेन्स नेल २२-५५३०’ विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण हुन लागेको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छन ।

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम र अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ ।

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित हिजो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय