latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सलमानले मारेको कालो हिरणको सम्झनामा स्मारक
एजेन्सी
मुम्बई, २८ साउन

बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाईएको छ ।

सलमानलाई केही समय अघि लरेन्स बिश्नोई समूहले ज्यानको धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हिरणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो किरण मारेको आरोप छ । २४ वर्षअघि फिल्म ‘हम साथ साथ है’को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।

कालो हिरणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा काले हिरणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हिरणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ ।

यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ । गाउँको मन्दिरमा राख्नका लागि कालो हिरणको मूर्ति तयार भइसकेको छ । गाउँका मानिसहरुले चन्दा संकलन गरेर मन्दिर बनाएका हुन् ।

स्थानीय हनुमान राम विश्नोईले सलमानले हिरण मारेको समयमा स्थानीय जनावरको संरक्षणका लागि मन्दिर बनाउन माग गरेको खुलाए । मन्दिरमा आउने जोकोही व्यक्तिलाई जनावरको संरक्षणको महत्वबारे जानकारी दिन यो निर्णय लिइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय