latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सात किसिमको मोटोपनः कुन बढी खतरनाक ? कुन साधारण ?

काठमाडौँ । जसरी हरेक व्यक्तिको शारीरिक बनौट फरक हुन्छ, उसैगरी मोटोपन पनि एकनास हुँदैन। जुनसुकै कारण होस्, मोटोपनलाई त्यती राम्रो मानिदैन। यसले शरीर भद्दा देखाउने मात्र नभई अनेक रोगको जोखिम पनि बढाइदिन्छ।यद्यपि मोटोपन के कारण बढेको हो ? वा कस्तो किसिमको मोटोपन हो ? त्यसबारे पनि जान्न जरुरी छ।

खराब बोसो-बोसो तीन प्रकारको हुन्छ, सेचुरेटेड, पोलीसेचुरेटेड र मोनो अनसेचुरेटेड। अनसेचुरेटेड फ्याट शरीरको लागि राम्रो हुन्छ। यसलाई ‘गुड फ्याट’ भनिन्छ।जबकी सेचुरेटेड फ्याट स्वास्थ्यका लागि राम्रो मानिदैन। त्यती मात्र होइन, मोटोपन, टाइप २ डाइबिटिज, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर गराउन पनि यही नै कारक हुनसक्छ।

सेतो बोसो-रिसर्च अनुसार सेतो बोसो पेट, हिप्स र जाँघमा जम्मा हुन्छ । सेतो बोसो अर्थात गुड फ्याट शरीरका लागि हानिकारक हुँदैन। रिसर्चले के देखाएको छ भने यसले कुनैपनि रोगको खतरा कम गर्छ।यद्यपि यसको पनि मात्रा धेरै भएमा हानिकारक हुनसक्छ । स्वस्थ शरीरकालागि गुड फ्याटको स्तर फिटनेस र शारीरिक गतिविधिमा निर्भर गर्छ।

खैरो बोसो-खैरो बोसो स्नायु प्रणाली, मेरुदण्ड, गला र मिर्गौलाको आसपास हुन्छ। यो वयस्कको तुलनामा बालबच्चामा बढी हुन्छ । यसले नै शरीरलाई न्यानो बनाइराख्छ। किनभने यसले शरीरलाई न्यानो बनाइराख्नका लागि फ्याट्टी एसिड बर्न गरिराख्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय