latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह
काठमाडौं, २४ साउन

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयाेग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् ।

अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयाेग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् ।

विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गरेका उनले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

सवारीसाधन तोडफोड गर्नलाई कडा कारबाही गर्न माग गर्दै मेयर साहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा यस घटनालाई लिएको बताएका छन् ।

Avatar

सवारीसाधन तोडफोड घटनालाई लिएर मंगलबार अपरान्ह मेयर साहले फेसबुकमा लेखेका छन् :

फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।

यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।

कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

Avatar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय