latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ, २३ साउन

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ ।

अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ ।

अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुने बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले बताइन् । उत्पादित अक्सिजन रित्तो सिलिण्डरमा भरेर जिल्ला अस्पतालमा प्रयोगमा ल्याइसकिएको छ । हाल जिल्ला अस्पतालको ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ ।

५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउनेगरी व्यवस्थापन हुने जानकारी दिइएको छ । अक्सिजन प्लान्ट अभावमा अक्सिजनको सिलिन्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता थियो ।

अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो । निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो ।

अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लास्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो ।

अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत २४ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय