latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

उपमेयरले ढुवानी नगर्दा मुगुमा चामल अभाव
खड्क सुनार/

मुगु, २३ साउन

हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो ।

खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि बजारको भन्दा ४ सय रुपौयाँ प्रति प्याक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले चामल लिनेको निकै भीड हुने गरेको छ । उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन् ।

उनी मात्र होइन मुगुका नागरिक बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् । बजारमा आएको चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य हालेर खान बाध्य छन् स्थानीय ।

आइतबार मात्र खाद्यान्न खुला हुँदा घण्टौ लाइनमा कुर्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा मुगुका नागरिकले पञ्चायत कालको सम्झना गरेका छन् । पञ्चायत कालमा एक प्याक दश केपी चामल लिँदा नेता र सिडिओको कुपन लिई लाइन बस्नुपर्ने अवस्था थियो । संघीयता आइपुग्दा पनि लाइनमै बस्नु पर्ने अवस्था आउनु मुगुका जनताका लागि दुखद भएको स्थानीय धर्मसिंह कामिले गुनासो गरे ।

आर्थिक वर्ष २०७८/०८९मा स्वकृत अनुसारको खाद्यान्न ठेक्कादारले सबै खाद्यान्न ढुवानी नगर्दा अहिले गोदाममा ७ सय ५० क्विन्टल चामल मौज्दात रहेको छ । हरेक दिन खाद्यान्न वितरण गर्दा सबै एकै दिन सकिने भएको हुँदा केही दिन पहिलादेखि मुगुमा आइतबार मात्र खाद्यान्न खुला गरी वितरण गर्ने गरेका छौं । गएको आइतबार मात्र एकै दिन ३ सय ६९ जनाले चामल वितरण गर्दा १ सय ६ क्विन्टल ८० केजी चामल विक्री वितरण भएको छ ।
खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले २ हजार ९ सय क्विन्टल खाद्यान्न समयमै ढुवानी नगर्दा समस्या भएको हो ।

गाडीको तेलको मुल्य वृद्धिले ठेकेदारले पनि चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताए । यता मुगु जिल्लाको खत्याड, मुगमकामारो गाँउपालिकाको पुलु ,सोरुको सोरु डिपो, कालैको कालै बिक्री केन्द्र रातापानी बिक्री केन्द्रमा खाद्यान्न नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय