latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

आसमायालाई मिस धरान आइकनको उपाधि काठमाडौं, २३ साउन

‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ भ्रमणको मौका पाएकी छन् ।

प्रतियोगितामा प्रजना राई फस्ट रनरअप र श्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बनेकी छन् । राई र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसँगै क्राउन र पुरस्कार जिते ।

धरानमा पहिलोपल्ट आयोजना भएको प्रतियोगितामा निवा लिम्बू मिस पर्सनालिटी, श्वेता पोखरेल मिस बेस्ट वाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठ मिस फोटोजेनिक, सेलि श्रेष्ठ मिस मल्टिमिडिया, रोजनी लिम्बूले भ्युवर्स च्वाइस, जेनिस्ना श्रेष्ठ मिस डिसिप्लिन, विपिका लिम्बू मिस कल्चरल ड्रेस र सृष्टि लामा मिस चार्मिङ बने ।

प्रतियोगिताको कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वल्र्डवाइड २०१९ की बेस्ट स्माइल प्रजिता तामाङले गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा शिवराज श्रेष्ठ, अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वो थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय