गुल्मीमा ४० वर्षीया महिला बलात्कृत

गुल्मी, २२ साउन

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती महिलालाई मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय