latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

आम नेपालीको समस्या हो, ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक मात्र होइन, धेरैजसो कुनै न कुनै किसिमको पेटको समस्याले ग्रसित हुन्छन् । आखिर के कारणले पेटको समस्या हुन्छ ? यसबाट कसरी बच्ने ?

सही ढंगले चपाउने

खाना खाने क्रममा हामीले सबैभन्दा बढी बेवास्ता गर्ने कुरा हो, खाना चपाउने । पोषिलो, ताजा खाना खाएर मात्र स्वास्थ भइदैन । स्वस्थ हुनका लागि सही तरिकाले खान पनि जरुरी छ । यसको पहिलो सर्त हो, सही ढंगले चपाउनु ।

मुखमा खानेकुरालाई खेलाएर, राम्ररी चपाएपछि मात्र निल्नुपर्छ । अर्थात ठोस खानेकुरालाई चपाएर नरम, रसिलो बनाएर मात्र निल्नुपर्छ । यसरी निल्दा पाचन प्रक्रियामा सहज हुन्छ । भनिन्छ नि, हाम्रो ३२ वटा दाँत हुन्छ र कुनैपनि खानेकुरा मुखमा ३२ पटक नै चपाउनुपर्छ । यसको अर्थ खानेकुरालाई मिहिन ढंगले चपाउनुपर्छ ।

तर, अहिले हामीलाई हतार छ । खानेकुरा राम्ररी चपाएर खाने गर्दैनौं । हतार हतार निल्ने गर्छौं । पोषणविद्हरुका अनुसार कुनैपनि खानेकुरा खाँदा त्यसमा पूर्णत ध्यान दिनु जरुरी छ । खाना खाइरहेको बेला अन्यत्र ध्यान दिनु हुँदैन । खानालाई विस्तारै, आरमपूर्वक, स्वाद लिएर खानुपर्छ । यसरी खानेकुरा सेवन गर्दा पेट वा पाचन सम्बन्धी समस्या हुँदैन ।

भोक भन्दा धेरै नखाऔं

हाम्रो प्रवृृत्ति के हुन्छ भने मीठो मसिनो खानेकुरा छ भने आवश्यक्ताभन्दा बढी खाने । धेरैजसो अवस्थामा हामी भोक लागेको भन्दा बढी खान्छौं । एकै पटक धेरै खानेकुरा खाँदा पाचन प्रक्रियामा असर गर्छ । खानेकुरा राम्ररी पच्दैन । पेटको समस्या हुन्छ । त्यसैगरी आयुर्वेदका अनुसार दुई भोजनको बीचमा कम्तीमा पाँच घण्टाको अन्तरमा मात्र खानेकुरा खानुपर्छ । अर्थात पहिलो पटक खाएको खानेकुरा राम्ररी पचिसकेपछि मात्र अर्को खाना खानुपर्छ ।

कृतिम गुलियोबाट बच्नुपर्छ

अहिले हामीलाई थरीथरीका परिकार खाने बानी परेको छ । बजारमा पनि यस्ता मिठाई प्रशस्त पाइन्छन् । जबकी यस किसिमको कृतिम मिठाईले पनि पाचनमा असर गर्छ ।

ग्यास कम गरौं

केरा वा अन्य कार्बनेटेड ड्रिंकले शरीरमा ग्यास भर्छ । कार्बनेटेड ड्रिंकको साटोमा ताजा फलफूलको रस, सर्वत, दही, मोही आदि एकदमै उपयोगी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय