latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय

काठमाडौं, २१ साउन

हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताएका छन् ।

आरोपीलाई २४ फेब्रुअरी २०२१ मा भएको फाइरिङ र कुकुर अपहरणको एक ड्रामेटिक सर्विलान्स भिडियोको आधारमा पक्राउ गरिएको थियो । भिडियोमा दुई व्यक्तिले रेयानलाई हमला गरेको देखिएको थियो । जसमा एकले कुकुरलाई पक्रेका थिए भने अर्काले बन्दुक तेस्र्याएका थिए । त्यसपछि बन्दुकको आवाज आउँछ र उनीहरु पछाडि भाग्छन् ।

त्यसपछि उनीहरु दुई कुकुरलाई लिएर फरार हुन्छन् । तर, अर्को कुकुरलाई भने प्रहरीले बचाएका छन् ।

लेडीले कुकुर भेटाउनेलाई पैसा दिने घोषणा गरेकी थिइन् । उनले झण्डै पाँच लाख अमेरिकी डलर इनाम दिने बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय